अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
काठमाण्डौ – बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेकोमा बिहान ८ बजेदेखि सडक खुलेको…
