JIN0TkF.gif
JINuGe4.gif

एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री,

काठमाडौ –  आउँदो शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

डिजिटल वालेट खल्तीबाट सोमबार टिकट खुला गरिएकोमा तीन दिनमै सोल्ड आउट भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव छुम्बी लामाले जानकारी दिए ।

उनका अनुसार खल्तीबाट १० हजार टिकटमध्ये ८०० भीआईपी र नाै हजार २०० साधारणतर्फका टिकट बिक्री भएका छन् । उद्घाटन खेलका लागि भीआईपी टिकटको मूल्य ७०० र साधारण टिकटको मूल्य ३०० रुपैयाँ राखिएको थियो ।

यसबाट हिसाब गर्दा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने उद्घाटन खेलको टिकट बिक्रीबाट क्यानले ३२ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

What’s your Reaction?
+1
47
+1
12
+1
0
+1
0
+1
17
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000