JIN0TkF.gif
JINuGe4.gif

अवरुद्ध राहदानी सेवा पूर्ण रुपमा सञ्चालनमा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाण्डौ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो ।

सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आज मङ्गलवारदेखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ ।

यसअघि आवेदन गरिसकेका अर्थात बायोमेट्रिकसमेत भइसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका  नेपाली नियोगहरूमा पठाउन शुरू गरेको सूचनामा उल्लेख छ ।

What’s your Reaction?
+1
49
+1
7
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000