JIN0TkF.gif
JINuGe4.gif

सुनको मुल्यमा फेरि नयाँ कीर्तिमान

चितवन –  सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

What’s your Reaction?
+1
33
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000