JIN0TkF.gif
JINuGe4.gif

आज देशका यी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महाशाखाका अनुसार मधेसका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पनि कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।

What’s your Reaction?
+1
29
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000