JIN0TkF.gif
JINuGe4.gif

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

चितवन –  सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो ।

साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।

What’s your Reaction?
+1
49
+1
12
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000