JIN0TkF.gif
JINuGe4.gif

बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकलाई दसैँको टीका

तनहुँ –  तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दंग परेका छन्। केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दंगसँगै खुसी भएका थिए ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बन्दीपुरस्थित होटेल हिमालय दरबारमा बसेका उनीहरूलाई होटेल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए। होटेलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडबारे सोधपुछ गरेको बताए।

उनले भने, ‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौँ । दसैँबारे सोधपुछ गरेपछि हामीले यस पर्वबारे जानकारी गरायौँ ।’

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । उनले भने, ‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।’

What’s your Reaction?
+1
42
+1
17
+1
0
+1
0
+1
5
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000