JIN0TkF.gif
JINuGe4.gif

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

काठमाडौ –  झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए ।

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
19
+1
0
+1
7
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000