JIN0TkF.gif
JINuGe4.gif

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुर खेल्दै

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।

कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाण्डौ भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।

कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछ ।

What’s your Reaction?
+1
13
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000