JIN0TkF.gif
JINuGe4.gif

दाउन्नेमा सडक भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

चितवन –  पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बर्दघाट नगरपालिका–४ खुर्सानीखोला दाउन्ने जङ्गलमा सडक भासिएको हो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडीलाई रोकिएको छ ।

गाडी र यात्रुलाई प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक झण्डै डेढ फिट भासिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

आज बिहानसम्म सडक मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्ने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
33
+1
0
+1
16
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000