मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा  श्रीमान्‌ले गरे श्रीमतीको हत्या

चितवन –  वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा  श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मङ्गलबार बाराको निजगढ नगरपालिका-९ मा अन्दाजी ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना विवरण अनुसार बस्नेत बेलुका पौने ८ बजेतिर रक्सी पिएर घर फर्किएका थिए । त्यही क्रममा वाई-फाईको रिचार्ज सकिएको विषयमा श्रीमान्-श्रीमतीबीच झगडा भयो ।

श्रीमान् श्रीमतीबीच वाई-फाईको विषयलाई लिएर विवाद सुरु भएको रहेछ,” जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं डीएसपी प्रकाश सापकोटाले टेकपानासँग भने, “चार दिनदेखि इन्टरनेटको रिचार्ज सकिएको छ, रिचार्ज गर्दिनु भनेर श्रीमतीले भन्दा श्रीमान्‌ले पैसा छैन भनेछन् । रक्सी खान पैसा हुने, रिचार्ज हाल्न पैसा नहुने भन्दै श्रीमतीले प्रतिक्रिया जनाउँदा श्रीमान् जाइलागेछन् ।”

विवादका क्रममा बस्नेतले श्रीमतीलाई खुर्पाले प्रहार गरे । उनलाई छेक्न खोज्दा दुई छोरीसमेत घाइते भएको र श्रीमतीको घटनास्थलमै मृत्यु भएको डीएसपी सापकोटाले बताए ।

घाइते भएका छोरीहरू १८ वर्षीया गङ्गा र १५ वर्षीया जमुनालाई उपचारका लागि तत्कालै नेसनल मेडिकल कलेज विराटनगर लगिएकोमा उक्त अस्पतालबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको छ ।

हत्या आरोपमा हिरासतमा रहेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

What’s your Reaction?
+1
37
+1
0
+1
29
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000