JIN0TkF.gif
JINuGe4.gif

हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन –  आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र कोशी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गएराति र बिहान काठमाण्डौसहित बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो ।

भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाँकी भूभागका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000