JIN0TkF.gif
JINuGe4.gif

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –   आज २०८१ साल जेठ १७ गते बिहीबार तदनुसार सन् २०२४ मे ३० तारिख। जेठ कृष्ण पक्षको सप्तमी तिथि। गोरखकाली पूजा। चन्द्रमा अनुसार दैनिकी बारे भविष्यवाणी गारिन्छ जसअनुसार आज तपाईंको दिन यस्तो रहेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : समय रमाइलो छ। साथीको सकारात्मक साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षामा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहकार्य फलदायी हुनेछ।

मिथुन : धन भन्दा मान कमाउने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। ठुला मान्छेको सहयोग लिएमा काम सफल हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। लगानीको अवसर प्राप्त भएमा अगाडि बढ्ने उपयुक्त समय आएको छ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक कामको आलोचना हुनेछ। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : समय राम्रो छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। श्रम र लगानी भएमा शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन राम्रो छ। भौतिक सुख र सुविधामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट सुधारका सकारात्मक संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय आएको छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। दुई पांग्रे सवारी साधनमा यात्रा गर्दा सचेत हुनुपर्ने देखिन्छ।

धनु : नयाँ योजनाले दीर्घकालसम्म काम गर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : धन बढाउने दिन छ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : ग्रहको फल अनुसार आजको दैनिकी चल्नेछ। शनिदेव सकारात्मक भए ठुलो उन्नति हुनेछ। तपाईंको जन्म कुण्डली हेरेर मात्र भविष्यवाणी गर्न सकिन्छ। परिवारले भने सहयोग गर्ने देखिन्छ।

मीन : दैनिकी राम्रो छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। आर्थिक उन्नति हुने योग छ। साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। परिवारको सिर्जनात्मक साथ र सहयोग प्राप्त होला।

What’s your Reaction?
+1
69
+1
43
+1
3
+1
0
+1
17
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000