मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि शुरु

चितवन –  सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अघिल्ला वर्षहरुमा बजेट अधिवेशनकै बेलामा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तबारे हिउँदे अधिवेशनमै छलफल भइसकेको छ ।

सङ्घीय संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । सभामुख घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका मुख्य पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको भन्दै यसका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । तर सहकारीको रकम हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसको अडान कायमै रहेकाले बैठक निष्कर्षविहीन भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री  लामिछानेलाई संसदमा बोल्न दिने वा नदिने विषयमा आज बिहान धारणा बनाउने जानकारी दिनुभएको छ । कांग्रेसको संसदीय दलको बैठक अहिले बिहान बस्दैछ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000