मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन –  नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शुक्रबार साँझ ८ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६८ वर्षीय दिलबहादुर रखालको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्किबासबाट देउरालीतर्फ जाँदै गरेको लु १ ख ६३९० नम्बरको बसले २ जना पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट स्थानीय ७६ बर्षीय सोमबहादुर लम्का मगर गम्भीर घाइते भएका छन् । लम्का मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको र उनको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बस प्रहरीको नियन्त्रणमा रहे पनि बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

What’s your Reaction?
+1
18
+1
0
+1
21
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000