JIN0TkF.gif
JINuGe4.gif

नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले बुझाउन थाले कर

चितवन –  नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले धमाधम कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्स लगायत १३ वटा बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थालेका हुन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पहिलो पटक गएको साउनमा नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिरेका थिए । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने कम्पनीलाई विभागले चालु आर्थिक वर्षदेखि नेपालको कर प्रणालीमा दर्ता गराएर कर तिराउन थालेको हो ।

चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डीएसटी) तिर्नुपर्छ । यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको थियो ।

कम्पनीहरूलाई नेपालमा नै आउन नपर्ने गरी अनलाइन स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराएको र कर पनि डलर खातामा विदेशबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको विभागले जनाएको छ । उनीहरूले उपभोक्तासँग सेवा प्रवाह गरेर जति पनि भुक्तानी लिन्छन् त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ ।

अहिले १३ वटा कम्पनीले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको विभागको भनाइ छ ।

विश्वभर डिजिटल सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनीलाई नेपालको कर प्रणालीबारे जानकारी गराएर उनीहरूको कार्यालय भएकै देशबाट कर तिर्ने व्यवस्था मिलाएर नेपालले विदेशी अरू लगानीकर्ताको पनि ध्यान तान्न सफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

What’s your Reaction?
+1
39
+1
21
+1
0
+1
4
+1
12
+1
3
81025400
hulash
Register-Now-20241122-105401-0000