JIN0TkF.gif
JINuGe4.gif

अपहरण गरी बन्धक बनाएकाे आराेपमा ७ जना पक्राउ

दाङ –   दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेकाे आराेपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।

आइतवार राति साढे १० बजे उनीहरुले विकलाई अपहरण गरी रिक्सामा राखेर घोराही-१९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए ।

उनीहरुले व्यक्तिगत रिसिभीका कारण कुटपिट गरेको बताएका प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000