JIN0TkF.gif
JINuGe4.gif

बोरामा बच्चा लुकाएर भारततर्फ लैजाने क्रममा १ जना पक्राउ

सिमरा –   बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

देवताल गाउँपालिका ३ स्थित अमुवाबाट बच्चा चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत-४ आधापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएको हो।

आमलमले अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमारलाई बोरामा लुकाएर भारत लैजाँदै गरेका थिए। बोराभित्र बच्चा रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटरअन्तर्गतको दक्षिणझिट्कैया बीओपीका सशस्त्र प्रहरीको टोलीले आलमलाई नियन्त्रणमा लिएका हुन्।

बच्चाको रोएको आवाज सुनेपछि सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बोरा खोलेर हेर्दा बच्चा भेटिएको र तत्कालै आलमलाई नियन्त्रणमा लिएको हो।

बोराभित्रबाट उद्धार गरिएका बच्चालाई अभिभावक पहिचान गरी जिम्मा लगाइएको र आलमलाई देवापुरस्थित प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक टोबहादुर डांगीले जानकारी दिए।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000