JIN0TkF.gif
JINuGe4.gif

६ वटा बाघ मृत अवस्थामा भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृत अवस्थामा भेटिएका छन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उहाँले बताउनुभयो ।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन । उहाँका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी शिकार नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन ।

गएको आर्थिक वर्षमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

What’s your Reaction?
+1
37
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000