JIN0TkF.gif
JINuGe4.gif

२ वटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

चितवन  –  सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजाे दुई वटा मोटरसाइकल ठाेक्किँदा तीन जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

स २ प ४५३१ नम्बर‍ र ‍प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठाेक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहकाे ज्यान गएकाे हाे ।

दुवै माेटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयाे ।

What’s your Reaction?
+1
21
+1
4
+1
43
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000