बाँके – बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1