चितवन – नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक शटर हस्तान्तरण गर्ने भनेर विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाका शान्तिरमण पङ्गेनी, काठमाण्डाैका नरेन्द्र बज्राचार्य, राजु महर्जन, ललितपुरका राजेशकृष्ण श्रेष्ठ, पाल्पाका निरञ्जनकुमार श्रेष्ठ र कास्कीका चिरञ्जीवी पौडेल रहेका प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले उनीहरूले कलङ्की डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालीमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक शटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाे जानकारी दिनुभयो ।
पक्राउ परेका छ जनालाई जिल्ला अदालत काठमाण्डाैबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
What’s your Reaction?
+1
31
+1
+1
+1
+1
+1