JIN0TkF.gif
JINuGe4.gif

१२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चितवन – गुल्मीमा १२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङ्गका १८ वर्षीय मदन भनिने छबबहादुर घर्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बाबु–आमाको संरक्षण नहुँदा बालिका लामो समयदेखि सडकमा माग्दै हिँड्थिन्।

आरोपी घर्तिले २ मंसिरमा बालिकालाई ललाईफकाई तम्घासको एक होटलमा लगेर बलात्कार गरेपछि फरार भएका प्रहरीले जनाएको छ। बालिकाको स्वास्थ्य अवस्था बल्झिँदै गएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। सोहि आधारमा १० दिनपछि प्रहरीले घटनाका आरोपी घर्तिमगरलाई पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले बताए। उनले बालिकाको स्वास्थ्य अवस्थाको बारेमा पनि आफुहरुले उपचारलाई निरन्तरता दिएको बताए।

तम्घासमा अभिभावकको संरक्षण नपाएर दिनभर सडकमा माग्दै हिड्ने बालबालिकाहरुको संख्या बढ्दै गएपछि व्यावस्थापनको चुनौती रहेको छ। दिर्घकालिन व्यवस्थापन नहुँदा बालबालिका दुर्घटना र बलात्कार हुने जोखिममा छन्। बालिका बलात्कृत हुने होटलमा मालिकलाई कानुनी दृष्टिकोणबाट कार्यालयमा बोलाउने र अरु होटलहरुमा पनि निगरानी बढाएको प्रहरी नायव उपरीक्षक पोख्रेलले जानकारी दिए।

What’s your Reaction?
+1
59
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000