JIN0TkF.gif
JINuGe4.gif

हैदराबाद” विरुद्ध “चेन्नई” को फराकिलो जित

चितवन –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए ।

चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । चेन्नइका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको सानदार इनिङ खेले । जितपछि चेन्नई ९ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि ९ खेलमा १९ अङ्क नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

What’s your Reaction?
+1
29
+1
13
+1
0
+1
0
+1
9
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000