JIN0TkF.gif
JINuGe4.gif

हेटौँडा काठमाण्डौ छोटो दुरीको सडक एक महिनाका लागि बन्द

चितवन  –  हेटौँडालाई काठमाण्डौसँग जोड्ने सबैभन्दा छोटो दुरीको महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मकवानपुर र काठमाण्डौको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनाका लागि गाडीको आवागमन बन्द गरिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समयभित्र सडक बनाउन आवागमन बन्द गरिएको जानकारी दिनुभयो । हेटौँडा–काठमाण्डौ आवत–जावत गर्ने जीपलगायतका साना गाडीको चाप धेरै हुँदा काममा अवरोध पुग्ने भन्दै उहाँले सडक स्तरोन्नति कार्य निर्धारित समय भित्र सम्पन्न गर्न आउँदो पुस २१ गतेसम्मका लागि गाडीको आवतजावत बन्द गरिएको बताउनुभयो ।

काठमाण्डौतर्फ मोडहरूमा ढलान र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले आवागमन बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको हो । दुवै सडकखण्ड बनाउन निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो समय म्याद थप भएको समयमा पनि काम पूरा भएको छैन ।

What’s your Reaction?
+1
24
+1
0
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000