JIN0TkF.gif
JINuGe4.gif

हत्कडीसहित फरार अभियुक्त पक्राउ

बारा ।  बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिई भगाएका थिए।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीसहित दुईजना घाइते भएका थिए। लामालाई बाराको निजगढ बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख होवीन्द्र बोगटीले जानकारी दिए।

वन्यजन्तु सिकारका लागि प्रयोग गर्ने गरेको एकथान बन्दुक र बाघका दाह्राजस्तो देखिने केही सामग्रीसहित लामालाई मंगलबार घरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिई फर्कने क्रममा स्थानीय बासिन्दासँग झडप हुँदा लामा हत्कडीसहित फरार भएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000