चितवन – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
What’s your Reaction?
+1
42
+1
+1
17
+1
13
+1
+1