JIN0TkF.gif
JINuGe4.gif

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

चितवन –  सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन्।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पीडित महिलाले फेसबुक म्यासेन्जरमा आएको अपरिचित व्यक्तिको भिडियो कल चिनजानकै व्यक्तिको हो की भनेर रिसिभ गरेको र उक्त भिडियो कलमा अश्लीलता प्रदर्शन गरिरहेको पुरुषले अर्को मोबाइलमा भिडियो अर्को मोबाइलमा रेर्कड गरी राखे र यस्ता गतिविधि नगर्न उक्त व्यक्तिलाई आग्रह गरेको बताएकी छन्।

तर, पीडित महिलाको फेसबुकमा पोष्ट गरेका तस्बिरहरूमा समेत अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेपछि ब्युरोमा उजुरी परेको थियो।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मंगलबार काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000