JIN0TkF.gif
JINuGe4.gif

सामाजिक सञ्जालको प्रोफाइलमा प्रहरीको फोटो राखेर धम्की दिने एक व्यक्ति पक्राउ

काठमाडौ –  सामाजिक सञ्जाल ह्वाट्सएपको प्रोफाइलमा प्रहरीको फोटो राखेर अरूलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय प्रेमबहादुर थापा मगरलाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपी मगरले आफूले प्रयोग गर्ने ह्वाट्सएपको प्रोफाइलमा पूर्वप्रहरी महानिरीक्षकको पोसाक सहितको फोटो प्रयोग गरी आफू प्रहरी भएको भन्दै विभिन्न व्यक्तिलाई पैसा नतिरे तुरुन्तै पक्राउ गरी थुन्ने धम्की दिने गर्थे । यसका लागि उनले पीडितलाई खाली चेकमा आफैंले दुई लाख रुपैयाँ भरी बाउन्स गराएको पाइएको प्रहरीले जनाएको छ।

पीडितले मगरलाई १० हजार रुपैयाँ तिर्नुपर्ने भएकाले सो बापत ग्यारेन्टीको लागि खाली चेक दिएका थिए । तर, उनले सो चेकको दुरुपयोग गरी पीडितलाई नक्कली पक्राउ पुर्जी बनाई ह्वाट्सएपमार्फत पक्राउ गर्ने धम्की दिने गरेका थिए ।

प्रहरीले उनको साथबाट विभिन्न व्यक्तिहरूको विवरण राखेर आफ्नै फोटो प्रयोग गरी बनाएका पाँच थान नक्कली नागरिकता र तीन थान नक्कली सवारी चालक अनुमति पत्रसमेत बरामद गरेको छ । हाल उनलाई अनुचित लेनदेन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

What’s your Reaction?
+1
47
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000