JIN0TkF.gif
JINuGe4.gif

सहकारी रकम अपचलनमा रवि सँग बयान लिँदै संसदीय समिति

चितवन –  सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समितिले लामिछानेलाई बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । समितिले लामिछानेलाई दिउँसो २ बजे बयानका लागि बोलाएको हो।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखिएको छ। लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

समितिले लामिछाने भन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिँदैछ ।

सांसद थापाको नेतृत्वमा बनेको समितिले तीन महिनादेखि सहकारी बचत हिनामिनाको विषयमा छानबिन जारी राखेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारी गरेर ५० बढी व्यक्तिसँग बयान लिइसकेको छ ।

What’s your Reaction?
+1
43
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000