JIN0TkF.gif
JINuGe4.gif

सर्पले डस्दा नवलपुरमा दुईजना बिरामी

चितवन –  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा सर्पले डस्दा दुई जना बिरामी भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

विनयी त्रिवेणी –३, सर्दीमा बुटवल उप महानगरपालिका घर भई ठूली आमाको घर आएकी १३ वर्षीय सन्ध्या नेपालीलाई कुखुरा थुन्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । उनलाई हिजो राति ८ः३० बजेको समयमा सर्पले टोकेको थियो ।

यस्तै  विनयी त्रिवेणी –२, धुसेरीमा केश बहादुर आलेका छोरा साढे दुई वर्षका भुवन आलेलाई भान्सा घरमा जानेक्रममा सर्पले टोकेर बिरामी भएका छन् । उनलाई राति ८ः३० बजेको समयमा सर्पले टोकेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । दुवै बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ ।  दुवैजनाको  अवस्था मध्यम रहेको र स्वास्थ्य अवस्था सुधार उन्मुख हुँदै गएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000