चितवन – नवलपुरमा सर्पदंशका कारण दुई जना बिरामी परेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-४, सिद्रेमा ७ वर्षीय बालक प्रशंसा रानामगर सर्पको डसाइबाट बिरामी परेका छन् ।
उनलाई आफ्नै घरअगाडि गोरेटो बाटोमा सर्पले खुट्टामा डसेको हो । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, देवचुली नगरपालिका-१०, प्रगतिटोलमा सोमबार बिहान सर्पको टोकाइबाट ५४ वर्षीया लक्ष्मीदेवी काफ्ले बिरामी भएकी छन् ।
उनलाई घरबाट बाहिर निस्कने क्रममा ढोकानजिकै सर्पले डसेको थियो । उनको पनि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
12
+1
+1
31
+1
+1
+1