JIN0TkF.gif
JINuGe4.gif

सर्पको टोकाइबाट सुत्केरीसहित २ जनाको मृत्यु

रुकुम –   रुलुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको ज्यान गएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

२२ वर्षकी विष्टलाई  मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम सर्पले टोकेको थियो । उहाँले सो राति छोरीलाई जन्म दिनुभयो । सुत्केरीको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल लगेकोमा आज बुधवार बिहान ज्यान गएको हो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण विष्टको ज्यान गएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी । शिशुको पनि अवस्था गम्भीर छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि सर्पले टोकेपछि मंगलबार राति नै जन्म भएकाे थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेकोमा ५ दिनअघि आफन्तले गाउँमै उपचार गर्ने भन्दै लगेका थिए । अस्पतालबाट फर्किएको ५ दिनमा उहाँको ज्यान गएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000