JIN0TkF.gif
JINuGe4.gif

सप्तकोसी नदिमा खतराको संकेत रातो बत्ती बाल्दै कोसी ब्यारेजका सबै ढोका खोलियो

धरान : सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रवाबार राति ९ बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। उनले सप्तकोसीमा पानीको बहाब बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन र यस क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरी परिचालन गरेर उच्च सर्तकता अपनाइएको बताए।

सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एकलाख ५० हजार कटेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो। कासी व्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको डीएसपी राईले बताए। पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको उनले बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000