JIN0TkF.gif
JINuGe4.gif

श्रीमतीको हत्या गरि श्रीमान फरार

चितवन –  संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्पनजिकै घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन्। खाँदबारी–७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए।

घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी बस्ने २७ वर्षीय मङ्सिरे शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको प्रहरी निरीक्षक जगेवुले बताए। शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक जगेवुले बताए।

मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ। हत्यालगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ। शेर्पा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी नगरपालिका–१ मा बस्दै आएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ। शेर्पा केही वर्षयता सवारी चालक पेशामा आबद्ध थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
21
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000