JIN0TkF.gif
JINuGe4.gif

विद्यालय बाढीले डुबेपछि प्रतीक्षालयमा पठनपाठन

चितवन –  देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा परेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन गराइएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

विद्यालय भवनभित्र बाढी पसेर कुनै पनि कोठामा तत्काल पठनपाठन गर्न सम्भव नभएपछि विद्यालय नजिक रहेको प्रतीक्षालयमा राखेर पढाइरहेको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए । उनले भने, “वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले विद्यालय भवनमा क्षति पुगेको छ । विद्यालयमा पठनपाठन सम्भव नभएपछि प्रतीक्षालयको सहारा लिएका छौँ ।”

वाग्लेका अनुसार प्रशासनिक कक्षमा रहेका सबै सामग्री नष्ट भएका छन्भने कक्षा कोठाका टेबल, कुर्सी, खाना पकाउने भाडा, शैक्षिक सामग्रीमा बाढीले क्षति पुगेको छ । उक्त विद्यालयमा १४ विद्यार्थी अध्ययनरत छन् ।

नदी किनारमा विद्यालय भएकाले बाढी आउँदा जोखिममा परेको प्रअ वाग्लेले बताए । उनले भने, “सुरक्षित रुपमा विद्यालय सञ्चालन गर्ने हो भने विद्यालय स्थानान्तरणको विकल्प छैन ।”

चिल्लो सडक खस्रो बनाइँदै

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मुख्य बजारसम्मको सडक चिल्लो भएर दिनहुँ दुर्घटना हुन थालेपछि गाउँपालिकाले डोजर लगाएर खस्रो बनाएको छ ।

उक्त सडक सुधारका लागि सडक डिभिजन कार्यालय तथा सरोकार भएका निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले मङ्गलबार डोजर लगाएर कालोपत्र भत्काएको हो । चिल्लो सडकका कारण दुर्घटना हुन थालेपछि गाउँपालिकाले चिल्लो सडक भत्काएर खस्रो बनाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

लामो समयदेखि दिनहुँजसो दुर्घटना हुन थालेको र सम्बन्धित निकायले सुनुवाइ नगरेपछि डोजरले चिल्लो भएको कालोपत्रको भाग भत्काइएको उनले जानकारी दिए ।

चुमानले भने, “पालिकाको चोकबाट बजारचोकसम्मको खण्डमा दर्जनाँै सवारीसाधन दुर्घटना हुनुको कारण चिल्लो सडक रहेको विभिन्न अनुगमन तथा स्थानीयबाट जानकारी भइसकेको छ । तत्काल मर्मतको आश्वासन पाए पनि काम भने भएन, दुर्घटना न्यूनीकरणका लागि यो कदम लिन बाध्य भयौँ ।”

चाडपर्व नजिकिँदै जाँदा सडक चाप पनि बढ्ने हुँदा झन् अकल्पनीय घटना नहोस् भन्न कालोपत्र निकालिएको उनको भनाइ छ । अध्यक्ष चुमानले केही महिनायता उक्त खण्डमा दिनहुँजसो सवारीसाधन चिप्लिएर दुर्घटना हुने गरेको बताए ।

सडक डिभिजन कार्यालयले सडकको निर्माण गरेको एमएस वल्र्डवाइड पशुपति जेभी काठमाडौँलाई उक्त खण्ड सुधार गर्न गत शुक्रबार पत्र लेखेको थियो । सडक डिभिजन दमौलीका प्रमुख राजीव श्रेष्ठले सडक डिभिजन र निर्माण कम्पनीबीच भएको सम्झौता बमोजिम काम गर्न निर्देशन दिइएको जानकारी दिए । बाढीपहिरा र विभिन्न ठाउँमा भएको सडक अवरुद्धका कारण निर्माण कम्पनीलाई काम गर्न ढिलाइ भएको उनले बताए ।

सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच विसं २०७८ फागुन १२ गते आँबुखैरेनी–मुग्लिन खण्डको सुधार गर्न सार्वजनिक खरिद सम्झौता भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000