JIN0TkF.gif
JINuGe4.gif

विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गर्ने ४ नाबालक पक्राउ

चितवन –  विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गरेको आरोपमा चार नाबालक पक्राउ परेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जिल्ला प्रहरी कार्यालय  कास्की मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैको उमेर १८ वर्षभन्दा कम छ ।

जिप्रका कास्कीलाई शुक्रबार राति पोखरा महानगरपालिका वडा नं. ३३ बरपाण्डेथुम रहेको श्री शान्ति उदय उच्च माध्यमिक विद्यालयको कार्यालय तोडफोड भई ल्यापटप सहित अन्य महत्त्वपूर्ण विद्युतीय उपकरण चोरी भएको भन्ने सूचना प्राप्त भएको थियो ।

कार्यालयका अनुसार उक्त विद्यालयको ल्याबबाट विभिन्न कम्पनीका ११ थान ल्यापटप, सात थान चार्जर, पाँच थान माउस, सीसीटिभी क्यामेरा, सीसीटिभी मनिटर आदि चोरी भएको थियो । त्यसैका आधारमा खटिएको प्रहरी टोलीले लेखनाथ नगरपालिकाका ती स्थानीय बालकहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट सात ओटा चलिरहेको र तीन ओटा बिग्रिएको ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

What’s your Reaction?
+1
62
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000