JIN0TkF.gif
JINuGe4.gif

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुँदै

चितवन –   हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।

सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000