JIN0TkF.gif
JINuGe4.gif

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध

चितवन –    आइतबार भएको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । सडक चिप्लो भएर गाडी चलाउन पनि समस्या रहेको प्रहरीले जनाएको छ ।

हिजै रातिदेखि सडक अवरुद्ध हुँदा गाडीकाे लाइन लागेकाे छ । यात्रुहरू अलपत्र परेका छन् । आज बिहानदेखि बल्ल यात्रुवाहक गाडी चल्न थालेका छन् । मालवाहक ठूला ट्रक अझै चल्न सकेका छैनन् ।

लामो समयदेखि निर्माणाधीन यो सडक खण्ड हिजोको वर्षाका कारण हिलाम्मे भएको छ । ट्रकलगायतका धेरै वजन बोकेका कतिपय गाडी त्यही हिलोमा फसेका छन् । यी गाडी हटाउन पहल भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

विस्तार भइरहेका अरू सडकमा पनि गाडी चलाउन समस्या भएको चालकहरूले बताएका छन् । सडकको छेउ र कुना खनेर बनाउने काम भइरहेकाले पानी पर्नेबित्तिकै हिलाे हुने र हिलोमा गाडी फस्ने समस्या हुने गरेको छ ।

What’s your Reaction?
+1
37
+1
0
+1
25
+1
3
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000