JIN0TkF.gif
JINuGe4.gif

लिबियामा बाढीले बगाएका ५३ सय शब फेला

 लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । गत सोमबार आएको बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले मृतकको संख्या दोब्बर हुने सम्भावना रहेको बताए।

बाढीका कारण सो सहरका ३० हजार मानिस विस्थापित भएका छन् । पूर्वी लिबिया चलाउने प्रशासनमा नागरिक उड्डयन मन्त्री हिचेम अबु चाकियोतले रोयटर्सलाई भने कि समुद्रले लगातार दर्जनौँ शवहरू तटमा फ्याँकिरहेको छ।

यस्तै, लिबियामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले बुधबार एक ट्वीटमा डेनियल आँधीबाट सबैभन्दा प्रभावित शहर डेर्नामा कम्तिमा ३० हजार मानिस विस्थापित भएको जनाएको छ। डेर्ना बाहेक बेनगाजी लगायत अन्य आँधी प्रभावित क्षेत्रहरूमा ६ हजार ८५ मानिसहरू विस्थापित भएको रिपोर्टमा जनाइएको छ । आईओएमले प्रभावित क्षेत्रमा औषधि, खोज तथा उद्धार उपकरणसहित कर्मचारी पठाएको छ ।

पूर्वी लिबियाका स्वास्थ्य मन्त्री ओथमान अब्दुलजलिलले शवहरूलाई डेर्नामा सामूहिक चिहानमा गाडिएको बताए। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000