JIN0TkF.gif
JINuGe4.gif

लाइसेन्स बनाइदिन्छु भन्दै रकम ठगी गर्ने १ जना पक्राउ

चितवन –  सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना बस्ने ५० वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपित थापाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (Electronic Driving License (EDL)) सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रिया नपुर्‍याई गैरकानूनी तवरले पीडितलाई ‘ए’ र ‘बी’ वर्गको अनुमति पत्र बनाइदिने भन्दै पीडितलाई आश्वासन दिएका थिए ।

त्यसपछि पीडितलाई नक्कली सवारी चालक अनुमति पत्रको नक्कली प्रतिलिपि दिई उनीहरूबाट पटक-पटक रकम लिएका थिए । पछि रकम लिएर थापा सम्पर्कविहीन भएपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा थापा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

What’s your Reaction?
+1
107
+1
0
+1
0
+1
6
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000