JIN0TkF.gif
JINuGe4.gif

युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको छ – प्रचण्ड

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै उहाँले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको समेत बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसबाट सकारात्मक परिणाम निकाल्न युवा सहभागिता पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

युवा जनसङ्ख्या उच्च रहेको वर्तमान समयमा जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000