JIN0TkF.gif
JINuGe4.gif

युवतीहरूलाई प्रेमिका बनाउँदै अश्लील फोटो तथा भिडिओ बनाउने युवक पक्राउ

चितवन –   सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे । र रिक्वेस्ट एसेप्ट गर्ने युवतीलाई नजिकको बनाउन विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । यसरी युवक युवतीसँग गर्दै जान्थे । कुरा अगाडि बढ्दै जाँदा चौगुठीले युवतीलाई प्रेम जालमा पार्थे ।

टेकपानासँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले भने, “प्रेममा पारिसकेपछि विभिन्न बाहाना बनाएर पोर्न भिडिओ र फोटो लिने रहेछ । पछि त्यसैको आडमा रकम माग गर्ने देखिएको छ ।”

फोटो तथा भिडिओ पाइसकेपछि युवतीलाई फोटो भिडिओ सार्वजनिक गर्ने धम्की दिएर रकम माग्थे । रकम नदिएको खण्डमा युवतीको अश्लील फोटो फेसबुकमा राखिदिन्थे ।

सुरुमा एक युवतीको उजुरीको आधारमा अनुसन्धान गर्दै गए पनि उनले त्यसरी छ जना युवतीको फोटो तथा भिडिओ लिएर बार्गेनिङ गर्ने गरेको केसीले बताए ।

पक्राउ परेका चौगाठीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा कारवाहीका जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १९:५०

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000