JIN0TkF.gif
JINuGe4.gif

युरोपमा सन् २०२३ मा झन्डै १४ प्रतिशतले बढ्यो विद्युतीय कारको बिक्री

सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री झन्डै १४ प्रतिशतले बढेको छ । सन् २०२३ मा युरोपमा विद्युतीय कारको बिक्री १३ दशमलव ९ प्रतिशतले बढेको र विद्युतीय गाडीले पहिलो पटक डिजेल कारलाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएशन’ ले आज जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

एसोसिएशनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ । तर यो तथ्याङ्क सन् २०२२ को तुलनामा कुल बिक्रीमा निकै कमी हो । २०२२ मा नयाँ गाडी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । अहिले सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्धरूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ । गएको वर्ष हाइब्रिड कारको बिक्री पनि झन्डै ३० प्रतिशतले बढेको थियो । यद्यपि पेट्रोल कारहरू अझै पनि बजारको एक ठूलो हिस्साका रूपमा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000