JIN0TkF.gif
JINuGe4.gif

मौलाकालीका केवलकारको टिकटमा ५० प्रतिशत छुट अफर

चितवन –  मौलाकालीका केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै टिकटमा ५० प्रतिशत छुट सहित Wednesday Offer ल्याएको  केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए ।

ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलले बताए । हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य रु। ५५० कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले रु.२७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् ।                                                                                  यसैबीच गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ । मर्मतसम्भार सकिएपछि अब आश्विन १ गतेदेखि केवलकार पूर्ववत समय तालिका अनुसार नै संचालन हुने पौडेलले बताए जस अनुसार केवलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५:३० बजेदेखि संचालन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000