JIN0TkF.gif
JINuGe4.gif

मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

काठमाडौ – सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक दम्पतीको मृत्यु भएको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मृत्यु हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

बालग्राम चोकमा को३६प ५६३७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
23
+1
0
+1
8
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000