JIN0TkF.gif
JINuGe4.gif

मेसेन्जर लाइट भदौ ३१ देखि सधैंका लागि बन्द

चितवन –  आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ । हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र डेटा खपत गर्छ ।

पुराना र कम प्राेसेसरयुक्त एन्ड्राेइड फोनहरूमा मेसेन्जरको यो विकल्प बनेको थियो । तर अब कम्पनीले सधैंका लागि गुगल प्ले स्टोरबाट मेसेन्जर लाइट हटाउने घाेषणा गरेकाे छ । तर मेसेन्जर लाइट प्रयाेग गरिरहेका प्रयाेगकर्ता एपकाे डेटा वा च्याट भने डिलिट नहुने मेटाले जनाएकाे छ ।

यसअघि आईओएसका लागि उपलब्ध मेसेन्जर लाइट पनि सन् २०२० मा हटाइएकाे थियाे । हाल ७६ कराेड बढी एन्ड्राेइड फाेनमा मेसेन्जर लाइट एप उपलब्ध भएकाे बताइन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000