काठमाडौं । इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गर्न काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई काठमाडौं विश्वविद्यालयले फेलोशिप प्रदान गरेकाे छ ।
प्रमुख शाहले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई काठमाडौं विश्वविद्यालयले पीएचडीका लागि फेलोशिप दिएको जानकारी दिएका हुन् ।
शाहले अबको तीन वर्षमा आफ्नो नामको अगाडि डाक्टर हुने उल्लेख गरेका छन् । पीएचडीका लागि उनको शीर्षक ‘पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण’ रहेको छ ।
शाहले केयूका प्रतिनिधिबाट आफूलाई प्राप्त मेलको स्क्रिनशट पनि शेयर गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1