JIN0TkF.gif
JINuGe4.gif

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

चितवन –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

What’s your Reaction?
+1
29
+1
13
+1
0
+1
0
+1
18
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000