JIN0TkF.gif
JINuGe4.gif

मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगु  –  मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, प्रकाश बोहोरा र पीयूष परियार रहेका छन् ।

घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका–७ सिप गाउँका जीप चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोरु–५ का वडासदस्य लोकजङ्ग नेपाली, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा छन् ।

हिजो बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000